Latest Movie :
Loading...
Home » , » श्रीमानसँग यौनसम्पर्क गर्दा मलाई त्यति आनन्द आउँदैन

श्रीमानसँग यौनसम्पर्क गर्दा मलाई त्यति आनन्द आउँदैन

Rate it :
Advertisement
Loading...
यौन मानवजीवनको अभिन्न अंग हो र स्वभाविक पनि । मानव मनमा यौनेच्छा एकदम स्वभाविक हो । भोक, निद्रा, प्यासजस्तै यौन पनि आवश्यक कुरा हो, मानवजीवनका लागि प्रकृतिले नै दिएको । यौनेच्छा तपाईंमा एकदमै छ भन्ने प्रस्ट छ । तपाईंले आफूले यौनसम्पर्कबाट आनन्द प्राप्त गर्न नसक्नुभएको उल्लेख गरे पनि त्यसका लागि प्रयास गरेको कुरा उल्लेख गर्नुभएको छ ।
यौनेच्छा कसैमा बढी हुन्छ भने कसैमा कम । यो एउटै व्यक्तिमा पनि कहिले बढी र कहिले कम हुनसक्छ । तपाईंले श्रीमान्सँग यौनसम्पर्क गर्दा आनन्द नआएको र आफ्नो योनि खुकुलो भयो भन्ने मान्नुभएको देखिबाहेक अन्य जानकारी नदिनु भएकाले यसै भन्न सकिने स्थिति छैन । तपार्इंले आफ्ना श्रीमान्ले आफूबाट यौनआनन्द प्राप्त गर्नुभएको छ कि छैन भन्ने कुरा पनि लेख्नुभएको छैन तर पनि यसका केही पक्षलाई केलाऔं ।


तपाईंले श्रीमान्सँगको सम्बन्धबाट यौन चरमसुख नपाएको कुरा गर्नुभएको छ । कुनै पनि व्यक्तिले यौन चरमसुख पाउने कुराले उसको शारीरिक पक्षका साथै मानसिक पक्षसँग अन्तरंग सम्बन्ध राख्छ । यसका लागि कुनै पनि व्यक्ति मानसिक रूपमै तयार हुनु जरुरी छ र उत्तेजनाको सन्देश उसले शारीरिक रूपमा प्राप्त गर्न बाह्य कुराले सहयोग गर्ने हो । यस अर्थमा अर्को व्यक्तिले यौन चरमसुख पाउने–नपाउने कुराको जिम्मा लिन वा ग्यारेन्टी गर्न सक्ँदैन, सहयोग मात्र गर्न सक्ने हो । यौन चरमसुख पाउने त आफैंले हो ।
Advertisement
Loading...
Share this article :

Post a Comment

 
Powered by Blogger.

Recent Posts

TOP
Copyright © 2014. USA NEPAL - All Rights Reserved
Template Created by ThemeXpose