Latest Movie :
Loading...
Home » » तपाईंको श्रीमान् अर्कीसँग सल्केको थाहा पाउने ६ लक्षण

तपाईंको श्रीमान् अर्कीसँग सल्केको थाहा पाउने ६ लक्षण

Rate it :
Advertisement
Loading...
तपाईंको श्रीमान् अर्कीसँग सल्केको थाहा पाउने ६ लक्षण


पुरुषको दिमागमा जतिखेर पनि यौन र कामुकता घुमिरहने भएकाले बिहा गरिसकेपछि पनि अन्त मन डुलिरहेको हुन्छ । अब खुल्लमखुल्ला अर्कीसँग लाग्न त श्रीमान् हिचकिचाउलान्, तर भित्रभित्रै उनले खिचडी पकाइरहेका हुन सक्छन् । कसरी थाहा पाउने त श्रीमान् आफूप्रति बफादार छैनन् भनेर ?

१. फोनमा झुण्डिरहने
श्रीमान् जतिखेर पनि फोनमा झुण्डिरहन्छन् र बाथरूम जाँदासमेत फोनलाई आफूसँगै राख्छन् । अनि आफ्नो फोन अनलक गर्ने पासवर्ड पनि तपाईंलाई दिन चाहँदैनन् ।

२. तपाईंसँग एक्लै बस्न नचाहने
एउटै कोठामा उनी तपाईंसँग बस्न रुचाउँदैनन् भने उनको अर्कीसँग लफडा चलिरहेको हुनसक्छ । आफूले गल्ती गरेको दोषी मनले गर्दा उनी तपाईंसँग एक्लै बस्दा असहज महसूस गर्छन् ।

३. जे कुराको पनि धेरै व्याख्या गर्ने
अवैध सम्बन्ध लुकाउन चाहने श्रीमानले अनेकौं कुरा सोचिसकेका हुन्छन् र व्याख्या गर्न थाल्छन् । तपाईंले अलिकति कुरा कोट्याउँदा उनी अनावश्यक व्याख्या गर्न थाल्छन् । उनको प्रतिक्रिया पनि कृत्रिम जस्तो देखिन्छ ।

४. तपाईंलाई भित्रैबाट त्यस्तो लाग्छ
तपाईंलाई श्रीमानले ठगेजस्तो लाग्छ भने ठगेकै हुनसक्छ । एउटा विश्वविद्यालयले गरेको अध्ययन अनुसार श्रीमान् वा श्रीमतीले एक अर्कालाई गहिरो गरी हेरेको आधारमै ठगेको नठगेको थाहा हुन्छ । तपाईंसँग कुनै ठोस प्रमाण नभएपनि आफ्नो भित्री मनको कुरा सुनेर निर्णय लिनुस् ।

५. उनी एसएमएस डिलिट गर्छन्
आजकल बढी क्षमता भएका स्मार्टफोनको जमानामा मान्छेले मेजेस डिलिट गर्दैनन् । उनी त्यसो गर्छन् भने जान्नुस्, केही त लुकाइरहेका छन् ।
६. पहिलेभन्दा बढी प्रशंसा गरिरहेछन्
तपाईंले वर्षौंदेख लगाइरहनुभएको लुगा हेरेर ‘क्या राम्री देखिएकी’ भन्छन् जबकि शुरूमा उनले त्यो लुगा फिटिक्कै मन पराएका थिएनन् ।

Advertisement
Loading...
Share this article :

Post a Comment

 
Powered by Blogger.
TOP
Copyright © 2014. USA NEPAL - All Rights Reserved
Template Created by ThemeXpose