Latest Movie :
Loading...
Home » » विवाहको बेला साइँली औंलामा किन औंठी लगाइन्छ ?

विवाहको बेला साइँली औंलामा किन औंठी लगाइन्छ ?

Rate it :
Advertisement
Loading...
बिवाहको बेला दुलहा दुलहीले एकआपसको साइँली औंलामा औठी लगाइदिन्छन् । साइँली औंलामै औठी किन लगाइन्छ भनेर धेरैलाई थाहा नहुन सक्छ । विवाहको चिन्ह स्वरुप औठी लगाइदिने चलन इशापूर्व ३००० मा शुरू भएको थियो ।

त्यसबेलादेखी विवाहमा औठी लगाउने चल्दै आएको छ । पहिला औठी दुलहाका पितालाई विवाहको चिन्ह स्वरुप दिने चलन थियो । यो परम्परा प्राचीन रोमन र ग्रीक समयमा चलेको मानिन्छ । त्यतिबेला बायाँ हातको साइँली औंलामा आंैठी लगाइदिँदा सीधा मनसँग सम्बन्ध हुन्छ भन्ने मान्यता रहेको थियो ।

युरोपियन राष्ट्रहरूमा आंैठीको परम्परा बढी पाइन्छ । विवाहको औंठीले परिवारप्रतिको जिम्मेवार हुने र जिन्दगीभर श्रीमतीलाई रक्षा गर्ने सुत्रका रुपमा औंठीलाई लिने चलन छ । एक आपसमा प्रेम साटासाट गर्ने माध्यमका रुपमा पनि औंठी लगाइन्छ । युरोपमा कयौं देशहरूमा दायाँहातको साइँली औलामा पनि औंठी लगाइदिने प्रचलन रहेको छ ।

Advertisement
Loading...
Share this article :

Post a Comment

 
Powered by Blogger.
TOP
Copyright © 2014. USA NEPAL - All Rights Reserved
Template Created by ThemeXpose