Latest Movie :
Loading...
Home » » “डिभी लोटरी भर्न सुरु, घरमै निशुल्क भर्ने तरिका”

“डिभी लोटरी भर्न सुरु, घरमै निशुल्क भर्ने तरिका”

Rate it :
Advertisement
Loading...
अमेरिकाको ग्रिनकार्ड पाउने सबैभन्दा सजिलो तरिका डिभी लोटरी भर्न पाउनेगरी फर्म खुलेको छ । इस्टर्न डेलाइट टाइम अनुशार मंगलबार अक्टोबर ४ तारिख दिउसो १२ बजेदेखि नोभेम्बर ७ सोमबार इस्टर्न टाइम अनुशार दिउसो १२ बजेसम्म डिभी लोटरी भर्न सकिनेछ । अर्थात् नेपाली समय अनुशार मंगलबार राती नौ बजेदेखि डिभी लोटरीको फर्म खुलिसकेको छ ।  डिभी लोटरी भर्दा नियममा यसपटक दुईवटा ठूला परिवर्तनहरु गरिएको छ । पहिलो, आवेदकहरुले डिभीको लागि फोटो खिच्दा चस्मा लगाउन पाइने छैन । दोश्रो, डिभी लोटरीका आवेदकहरुले विगतका बर्षहरुमा प्रयोग गरेको भन्दा फरक तस्विर प्रयोग गर्नुपर्नेछ । यदि चस्मा लगाएको तस्विर हालेर डिभी भरेमा वा विगतका बर्षहरुमा प्रयोग गरेको तस्विर प्रयोग गरेमा आवेदनहरु डिभी लोटरीका लागि अयोग्य हुनसक्नेछन् ।

तपाईको तस्विर डिभी लोटरीका लागि योग्य भए नभएको जाँच्न यो लिंकमा क्लिक गर्नुहोला ।

त्यसपछि फोटो टुलमा क्लिक गरेर तपाईले आफ्नो फोटो अपलोड गरेर जाँच्न सक्नुहुनेछ ।

यदि फोटो ठीक ठहरिएमा तपाईले यो लिंकमा क्लिक गरेर डिभी लोटरी फर्म भर्न सक्नुहुनेछ ।

डिभी लोटरी भर्ने मुख्य र आधिकारिक  वेवसाइटमा जान यहाँ क्लिक गर्नुहोला ।

इच्छुक आवेदकका लागि महत्त्वपूर्ण जानकारी



– आवेदन निशुल्क ।
-कन्सल्टेन्टको आवश्यकता नपर्ने ।
-फारम अनलाइन भर्नुपर्ने
-एक जनाका लागि एउटा आवेदन ।
-हालसालै खिचिएको फोटो ।
-आफ्नो कन्फर्मेसन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्नुहोस् ।
-आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि नदिनुहोस् ।
-तपाईँ डिभीका लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको सन् २०१७ को मे २ मा
www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गर्नु हो ।
अमेरिकामा बस्ने नेपालीहरुले पनि डिभी लोटरीका लागि फर्म भर्न पाउने अमेरिकी सरकारले जारी गरेको निर्देशिकामा जनाइएको छ । यदि डिभी लोटरी पर्ने नेपाली संयुक्त राज्य अमेरिकामा भएमा त्यस्तो व्यक्तिले युएससीआईएससँग आफ्नो स्टेटस समायोजन गर्नुपर्छ । अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २४५ को शर्तअनुसार जो व्यक्ति संयुक्त राज्य अमेरिकामा भौतिक रूपमा उपस्थित छन् उनीहरूले युएससीआईएसमा स्थायी बसोबासको लागि निवेदन दिन सक्छन् ।

युएससीआईएसलाई आफ्नो केसउपर कार्यवाही गर्नका लागि पर्याप्त समय दिनु पर्दछ ताकि उसले तपाईँको विदेशमा रहेको पति/ पत्नी वा २१ वर्ष मुनिका सन्तान लगायतको केसउपर आर्थिकबर्षभित्र नै सबै प्रक्रिया सम्पन्न गर्न सकोस् किनभने नयाँ आर्थिक बर्ष लाग्नासाथ जुन आर्थिक बर्षको डिभी कार्यक्रम हो, त्यसको अवधि समाप्त हुन्छ । कुनै पनि अवस्थामा सेप्टेम्बर ३० को मध्यरातपछि त्यो बर्षको डिभी कार्यक्रमको लागि भिसा नम्बर उपलब्ध नहुने जनाइएको छ ।

डिभी लोटरी भरेकाहरु गैरआप्रवासी भिसाका लागि अयोग्य !

डिभी लोटरी भरेका केही नेपालीलाई पर्यटक भिसा लगायतका गैर आप्रवासी भिसा उपलब्ध गराउँदा समेत भिसा अधिकृतले डिभी भरे नभरेको सोध्ने र भरेको भएमा अमेरिकामा बस्ने आसय रहेछ भन्दै भिसा दिन अस्वीकृत गर्ने गरेको समेत पाइएको छ । पहिले डिभी लोटरी भरेको व्यक्तिको अमेरिकामा बस्ने र स्वदेश नफर्कने आशय रहेको भन्दै अन्य गैरआप्रवासी भिसा अस्वीकार गर्दै पत्र थमाइदिने गरिदै आएतापनि अमेरिकी सरकारले भने आधिकारिक रुपमा यसलाई पुष्टी गर्दैन ।
अमेरिकी विदेशमन्त्रालयको भिसा कार्यालयका डाइरेक्टर सिन कुपरले खसोखाससँग कुराकानी गर्दै भने –‘डिभी लोटरीमा भाग लिएर डाइभर्सिटी भिसाका लागि अयोग्य हुनु र अमेरिकाका लागि अन्य गैर आप्रवासी भिसाका लागि आवेदन दिनुबीच कुनै सम्बन्ध हुँदैन । डिभी लोटरीमा भाग लिदैमा कुनै पनि व्यक्ति अन्य भिसाका लागि अयोग्य हुने भन्ने कुरै आउँदैन । त्यसैले डिभी लोटरीमा भाग लिएको कुनै पनि व्यक्तिले अन्य भिसाका लागि आवेदन दिन सक्छ । डिभी लोटरी भरेको वा डिभी परेर योग्यता पूरा गर्न नसक्दा अमेरिका आउन नसकेको व्यक्तिले पनि अमेरिकाको अन्य भिसाका लागि आवेदन दिन सक्छ र अमेरिका आउन सक्छ ।’
Advertisement
Loading...
Share this article :

Post a Comment

 
Powered by Blogger.

Recent Posts

TOP
Copyright © 2014. USA NEPAL - All Rights Reserved
Template Created by ThemeXpose