Loading...

एजेन्सी, १९ असोज - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की दिएको पत्र बोक्ने एक परेवालाई भारतीय प्रहरीले पक्राउ गरेको छ।
भारतको पठानकोटको प्रहरी चौकीले मोदीलाई धम्कीपूर्ण भाषामा लेखिएको पत्रसहित परेवा पक्राउ गरेको हो। परेवाले बोकेको पत्रमा सन् १९७१ को भारत पाकिस्तान युद्धको विषय समेटिएको छ।
उर्दु भाषामा लेखिएको पत्रमा मोदीलाई सम्बोधन गर्दै धम्की दिइएको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार पत्रमा भनिएको छ, मोदी हामी उही १९७१ को युद्ध ताकाका नागरिक रहेनौँ। अहिले हरेक पाकिस्तानी नागरिक बालकसम्म पनि भारतविरुद्ध युद्ध गर्न तयार छौँ।
चर्चित अनलाइन मिररका अनुसार पत्रमा पाकिस्तानी लडाकु संगठन तस्कर ए तैबाको हस्ताक्षर रहेको छ। समाचारमा उल्लेख भए अनुसार मोदीलाई धम्कीपूर्ण भाषामा लेखिएको पत्र बोक्ने परेवालाई सबैभन्दा पहिला एक १४ वर्षका बालकले भेटेका थिए।
चिठीसहितको परेवालाई गाउँलेले प्रहरी चौकीमा पुर्याएको समाचारमा उल्लेख छ। प्रहरीले परेवालाई हिरासतमा लिएर पत्रबारे अनुसन्धान भइरहेको जानकारी गराएको छ। भारतमा यस अघि समेत जासुसी गरेको भन्दै परेवा पक्राउ पर्ने गरेका थिए। सन् २०१० मा भारतीय प्रहरीले सिसी क्यामेरा जडान भएको परेवा पक्राउ गरेको थियो।
परेवाले प्रधानमन्त्रीलाई धम्की दिएको पत्र बोकेपछि भारतमा यो विषयले खुब चर्चा पाएको छ। प्रहरीले भने पत्रका सम्बन्धमा अनुसन्धान भइरहेको भन्दै पूर्ण विवरण सार्वजनिक गरेको छैन। एजेन्सी र अन्नपूर्ण पोस्टको सहयोगमा

Post a Comment