Latest Movie :
Loading...
Home » » आँखाको कालो धब्बा हटाउन, अनुहारमा चमक ल्याउन अपनाउनुहोस् यि घरेलु उपाय

आँखाको कालो धब्बा हटाउन, अनुहारमा चमक ल्याउन अपनाउनुहोस् यि घरेलु उपाय

Rate it :
Advertisement
Loading...

एजेन्सी । शरीरमा पोषणको कमी, अनिद्रा, कमजोरी, तनाव तथा हार्मोन परिवर्तनका कारण आँखाको तल्लो भागमा कालो धब्बा बस्ने गर्छ । कतिपय धब्बा वशांनुगत हुन्छन् भने केहीको घरेलु तरिकाले पनि उपचार गर्न सकिन्छ । आँखाको कालो धब्बा हटाउने केही घरेलु उपाय : काँक्रो र कागती : काँक्रो र कागतीलाई काट्नुहोस् । दुवैलाई पिसेर पेस्ट बनाई आँखाको कालो भागमा लगाउँदा केही दिनमा हराउँछ । काँचो आलुलाई काटेर लेप बनाउनुहोस्, यसलाई कालो भागमा दलि १५ मिनेटपछि चिसो पानीले पखाल्नुहोस् । एक–एक चम्चा कागती र टमाटरको रस मिसाई आँखाको कालो भागमा मिसाई १० मिनेटपछि चिसो पानीले आँखा सफा गर्ने । कागतीको रस नियमित रुपमा कालो दागमा लगाइ आँखा सफा गर्ने । दुई वटा टि–ब्याग आधा घन्टासम्म फ्रिजमा राख्ने । त्यसपछि सो ब्यागलाई कालो घेरामा १० मिनेटसम्म राख्ने र सफा पानीले सफा गर्ने । गुलाब जललाई आँखा वरपर लगाई दैनिक सफा गर्ने । नरिवल तेलले आँखाको तल्लो भागमा मसाज गरी ५ मिनेटपछि सफा पानीले पखाल्ने । राती सुत्नुअघि आखाँको कालो भागमा बदामको तेल लगाई बिहान सफा गर्ने । सुन्तलाको बोक्राको धुलोलाई महमा मिसाएर कालो दागमा लगाई १० मिनेटपछि पखाल्ने । पुदिनाको पातलाई पिसेर कागतीको रस मिलाई आखाँको कालो भागमा लगाउने । प्याज र लसुनको रस मिसाएर कालो भागमा दली पखाल्ने । एक चम्चा भिजाएको मेथीलाई पिनेर त्यसमा बेसार र दुध मिसाई आँखाको कालो भागमा दल्ने र १० मिनेटपछि पानीले सफा गर्ने ।
Advertisement
Loading...
Share this article :

Post a Comment

 
Powered by Blogger.

Recent Posts

TOP
Copyright © 2014. USA NEPAL - All Rights Reserved
Template Created by ThemeXpose