Posted by Admin
Posted on 8:01 AM
with No comments
Rate it :
Music,
Advertisement
Loading...
पोखरा, १६ असोज ।बलिउड यतिबेला दोधारमा छ । बलिउडका कलाकार सधै नै आफ्नो बोलीका कारण राजनीतिक दलका नेताबाट आरोप खेप्न वाध्य छन् । बलिउडमा काम गर्नबाट पाकिस्तानी कलाकारलाई प्रतिवन्ध लगाइएपछि अहिले यसले तरंग ल्याइरहेको छ ।
पाकिस्तानी कलाकारको समर्थनमा धेरै बलिउडकर्मी उत्रिएका छन् । पाकिस्तानी कलाकारको समर्थन गर्ने बलिउड कलाकार राजनीतिक दलको निशानामा परेका छन् ।
शुक्रबार नायक सलमान खानले ‘पाकिस्तानी कलाकार आतंकवादी होइनन्’ भन्दै उनीहरुको बचाउ गरेका थिए । त्यही वचाउ नै अहिले सलमानका लागि भारी परेको छ । शिवसेना पार्टीले सलमानलाई भारत छाडेर पाकिस्तान जान धम्की दिएको छ ।
सलमानको बयान गैह्र जिम्मेवारीपूर्ण भएको भन्दै शिवसेनाले पाकिस्तान गएर बस्न भनेको छ । यतिमात्र होइन, सलमानलाई पनि केही न केही गर्नुपर्ने धम्कीपूर्ण भाषा शिवसेनाबाट आएको छ ।
Post a Comment