Latest Movie :
Loading...
Home » » घरमा रुख रोप्दा बिचार पुर्याऔं, कुन रुख शुभ, कुन रुख अशुभ ?

घरमा रुख रोप्दा बिचार पुर्याऔं, कुन रुख शुभ, कुन रुख अशुभ ?

Rate it :
Advertisement
Loading...
रुख र मानिसको सम्बन्ध मानिसको उत्पति देखि अहिलेसम्म निरन्तर छ । हिजोआज शहरी क्षेत्रमा हरियाली वृद्धि तथा शहरी सौन्र्दयता वृद्धिका लागि रुख रोप्ने प्रचलन बढ्दै गएको छ । यसमा पनि पछिल्लो समय घरको वरिपरि तथा बगैंचा र कौसीमा समेत रुख रोप्ने प्रचलन बढ्दै गएको छ । घरमा रुख हुँदा घरमा हरियाली आउनुका साथै घरमा बस्ने मानिसहरु स्वस्थ्य रहन्छन भन्ने मान्यता छ ।
तर, कतिपय अवस्थामा घरमा लगाएका रुखहरुले राम्रो परिणाम दिंदैनन । वास्तवमा कतिपय अवस्थामा रुख सही स्थानमा नरोप्दा वास्तु दोष समेत उत्पन्न हुन्छ । आज हामी घरमा कुन रुख, कुन स्थानमा लगाउँदा शुभ हुन्छ र कुन रुख लगाउँदा अशुभ हुन्छ भन्ने बृहत संहितामा उल्लेख भएअनुसार विस्तृत जानकारी दिदैंछौं:

१. बरको रुख:

पूर्वमा, पीपल पश्चिममा, उत्तरमा पैयुँ एंव दक्षिणमा समीको रुख लगाउनु शुभ मानिन्छ । यदि यि रुखहरु विपरित दिशामा लगाएमा अशुभ फल प्राप्त हुन्छ । घरको नजीक काँडादार रुखहरु लगाउनाले शत्रुभय उत्पन्न हुने तथा दुध आउने रुख लगाउँदा धनको नाश हुने सम्भावना रहन्छ ।

२. नीम:

समान्यतया मानिसहरु घरमा नीमको रुख लगउन रुचि राख्दैनन । तर, घरमा नीमको रुख हुनु निकै शुभ मानिन्छ ।
सकारात्मक उर्जा को साथ धेरै प्रकारले कल्याणकारी हुने समेत मानिन्छ ।

३. तुलसी:

हिन्दु धर्ममा तुलसीको निकै ठूलो महत्व छ । तुलसीको रुखलाई एक प्रकारले विष्णुको रुपसमेत मानिन्छ । यदि घरा कुनै प्रकारो नकारात्मक उर्जा रहेको छ भने तुलसीले त्यसलाई नष्ट गर्ने मान्यता छ । तर, तुलसीको रुख घरको दक्षिण भागमा लगाउनु हानिकारक मानिन्छ । जसले शुभ भन्दा शुभ लाभ दिन्छ ।

४.अमला:

घरमे अमलाो रुख लगाउनु लाभदायक मानिन्छ । त्यसमा पनि पूर्व र उत्तर दिशामा लगाएमा अत्यन्तै लाभदायक हुने मानिन्छ । अमलाको रुखले दुखकष्ट नाश गर्ने मानिन्छ ।

५.केराः

केराको वृक्ष धार्मिक कारणले समेत निकै महत्वपूर्ण मानिन्छ । विहिवार हुने पूजापाठमा सम्भव भएसम्म केराको पात नै उपयोग गरिन्छ । केराको वृक्ष इसान कोणमा लगाउनु लाभदायक हुन्छ । केराको रुखको छायाँमा बसेर पढ्दा पढेको कुरा छिटो–छिटो याद हुने मान्यता छ ।

६. बाँस :

बाँसको रुख घरमा लगाउनु पनि लाभदायक मानिन्छ । बाँसको रुख लगाउनाले तपाईलाई समृद्धि र सफलताको उचाईतिर बढ्ने क्षमता बढाउँछ ।

७. आँप :


धेरैजसो घरमा आँपको रुख लगाएको देखिन्छ । मानिसहरु शौख सहति विभिन्न प्रकारका आँपका रुखहरु घरमा लागउँछन । तर, धेरैलाई यो थाहा छैन कि आँपको रुख घरमा लगाउँद त्यसले विभिन्न प्रकारका हानि पुर्याउँछ । वास्तवमा घरकोनजिक आँपको रुख लगाउँदा केटाकेटीहरुमा नराम्रो असर पार्ने मानिन्छ ।

८. नरिवल :

जसको घरमा नरिवलको रुख हुन्छ । उसको मान सम्मानमा निकै वृद्धि हुने मानिन्छ । घरमा रुख हुनुलाई हिजोआज निकै सम्मानको दृष्टिले पनि हेरिने हुनाले पछिल्लो समयमा रुख रोप्ने प्रचलन बढ्दै गएको छ । सौखको रुपमा रुख रोप्ने प्रचलन पनि बढेको छ । तर, सौखको रुपमै भएपनि आँपजस्ता हानि पुर्याउने वृक्षहरु घरमा नरोपेर नरिवल, नीम, तुलसी, अशोकजस्ता लाभदायक रुखहरु घरमा लगाउन सकिन्छ ।
Advertisement
Loading...
Share this article :

Post a Comment

 
Powered by Blogger.
TOP
Copyright © 2014. USA NEPAL - All Rights Reserved
Template Created by ThemeXpose