Latest Movie :
Loading...
Home » » बाबुसँग घुम्न गएका ६ वर्षीय बालकको पोखरीमा डुबेर ज्यान गयो

बाबुसँग घुम्न गएका ६ वर्षीय बालकको पोखरीमा डुबेर ज्यान गयो

Rate it :
Advertisement
Loading...
पाल्पा, असोज १६ - शनिबार साँझ नारायणस्थान, तानसेनमा रहेको पोखरीमा डुबेर बुबासँगै घुम्न गएका एक बालकको ज्यान गएको छ।

पोखरीमा डुबेर पोखराथोक ४, पाल्पा घर भएका ६ वर्षीय बालक नितेष कुमालको ज्यान गएको हो । बुबासँगै घुम्न गएका नितेष बुबासँग छुटेको १५ मिनेटमै नजिकैको पोखरीमा मृत फेला परेको बुबा गोपालबहादुर कुमालले बताएका छन्।

उनले छोरा आफूसँग छुटिएपछि खोज्दै भाडामा बस्दै आएको बडिज्ञानटोल तानसेनको कोठामा गएको बताए। उनी भन्छन्, ुकेही समयमा छोरा पोखरीमा डुबेको थाहा पाएँ। उपचारका लागि युनाईटेड मिशन अस्पताल लगेपछि अस्पतालले नितेषलाई मृत घोषणा गरेको थियो ।

परिवारले आइतबार नितेषको जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टम गरी रामनदीघाममा अन्तेष्टी गरिएको जानकारी दिएको छ।
Advertisement
Loading...
Share this article :

Post a Comment

 
Powered by Blogger.

Recent Posts

TOP
Copyright © 2014. USA NEPAL - All Rights Reserved
Template Created by ThemeXpose