Latest Movie :
Loading...
Home » » फुट्ने खतरा बढेपछि इम्जा हिमतालको पानी निकास गरिँदै, सावधानी अपनाउन स्थानीयलाई आग्रह

फुट्ने खतरा बढेपछि इम्जा हिमतालको पानी निकास गरिँदै, सावधानी अपनाउन स्थानीयलाई आग्रह

Rate it :
Advertisement
Loading...
काठमाडौं, ७ असोज - सोलुखुम्बुको इम्जा हिमतालको पानीलाई निकास दिन लागिएकाले दुधकोसी नदीको तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन सरकारले आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागले सूचना निकालेर सगरमाथा राष्ट्रिय निकुञ्जमा रहेको इम्जा फुट्ने जोखिम बढेपछि त्यसको पानीलाई निकास दिन लागिएको जनाएको छ। 


बाढीविज्ञ विनोद पराजुलीले दुधकोसी नदीको तटिय क्षेत्रबाट हिमतालको पानी बग्ने भएकाले त्यस आसपास र सोलुखुम्बुको छुखुमदेखि जुभिङसम्मका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरे। हिमतालको पानीलाई भोलिदेखि निकास दिइने उनले बताए।

गएको वर्ष फागुन ४ गतेदेखि नै नेपाली सेनाले हिमतालको पानीको सतह कम गर्न आवश्यक संरचना निर्माणको काम गरेको थियो। ति संरचनाबाट परिक्षणको रुपमा भोलि शनिबारदेखि १५ गतेसम्म पानीको निकास गर्न लागिएको विभागले जनाएको छ।

विभागका अनुसार एक हप्तासम्म नियमित पानीको निकास गर्ने योजना छ। नदीमा पानीको बहाव बढे तत्काल सुरक्षित ठाउँमा जान र जल तथा मौसम विभागको पैसा नलाग्ने नम्बर ११५५ मा वा जिल्ला तथा ईलाका प्रशासन कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ।
Advertisement
Loading...
Share this article :

Post a Comment

 
Powered by Blogger.

Recent Posts

TOP
Copyright © 2014. USA NEPAL - All Rights Reserved
Template Created by ThemeXpose