Loading...

जनकपुर, ७ असोज - बेच्नका लागि तीन जना युवतीलाई भारत लान लागेको आशंकामा धनुषा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर तीन जना युवतीको उद्धार गरेको छ।
सोलुखुम्बु जिल्लाको याकु गाविस-७ की १९ वर्षकी निर्मला विक, उनकी बहिनी १८ वर्षकी शर्मिला विक र २१ वर्षकी गीता विकको उद्धार गरी उनीहरुलाई लान लागेकी ३६ वर्षकी पवित्रा कोइरालालाई इलाका प्रहरी कार्यालय ढल्केवरले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाएको छ।
बिहीबार काठमाडौँबाट डिलक्स बसमा चढेर बिराटनगर जाँदै गर्दा बेचविखनका लागि युवतीहरुलाई फकाईफुलाई लग्न लागेको बसका सहचालकलाई शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय ढल्केवर नजिक बस रोकेर प्रहरीले जाँच गरी तीन जना युवती र उनीहरुलाई लग्न लागेकी कोइरालालाई नियन्त्रणमा लिएको थियो।

दिदीबहिनी रहेकी निर्मला र शर्मिलाले आफूहरुलाई वैदेशिक रोजगारका लागि पठाइ दिने भन्दै काठमाडौँ लगेर आफ्नी सानीमाले काठमाडौँका एक एजेन्ट सुभाष खड्कालाई जिम्मा लगाएको बताएकी छन्। त्यस पश्चात ती एजेन्टले आफूहरुलाई भारतबाट विदेश पठाई दिने भन्दै विराटनगरको बस चढाई त्यहाँ गएर शक्ति दाइलाई भेट्न भनेको प्रहरीमा बयान दिएका छन्।
बस चढेर आउँदै गर्दा बाटोकै एक होटेलमा खाना खान बस्दा ती पवित्रा कोइराला नामकी महिलासँग कुराकानी भएको र उनले विदेशमा यौन हिंसा हुने गरेको बताउँदै आफूहरुलाई विराटनगरमै राम्रो काम लगाइदिने आश्वासन दिँदै आफूहरुसँगै हिँडेकी युवतीहरुको भनाई छ।
उनीहरु जिलला प्रहरी कार्यालय धनुषाको सेफ हाउसमा रहेको र थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक मनोज यादवले बताए।

Loading...

Post a Comment