Latest Movie :
Loading...
Home » » यसरी मनाए असोज ३ लाई कालो दिवसका रुपमा आन्दोलनरत मधेशी दलले (फोटो फिचर)

यसरी मनाए असोज ३ लाई कालो दिवसका रुपमा आन्दोलनरत मधेशी दलले (फोटो फिचर)

Rate it :
Advertisement
Loading...
काठमाडौँ, असोज ३ - सरकार तथा मुख्य प्रतिपक्ष एमाले लगाएतका दलले संबिधान बनेको एक वर्ष पुगेको उपलक्षमा उत्सव मनाईरहदा संबिधान जारी हुनु अघि देखि आन्दोलनरत मधेशी दलले भने असोज ३ लाई कालो दिवसका रुपमा मनाएको छ ।


राजधानीको माईतिघरमा भेला भएको मधेशबादी दलका नेता कार्यक्रर्ता टाउकोमा कालो पट्टी बाधेर संबिधानको बिरोध गरि कालो दिवस मनाएका हुन ।
उनिहरुले संबिधान संसोधन गरि आफ्ना माग सम्बोधन नगरेसम्म आफुहरुले संबिधानलाई नस्विकार्ने र आन्दोलन जारी राख्ने बताए ।


माईतीघरमा भेला भएका मधेशी समाजका सदस्यहरुले भने संबिधानको कला मार्फत प्रतिकात्मक बिरोध गरेका छन । उनिहरुले मधेशीको रगतले संबिधान लेखिएको भन्दै आफ्नो कलामार्फत बिरोध जनाएका हुन ।


उनिहरुले मधेशीहरु रुपमा कालो छन् तर देशमा शान्ति चाहन्छन् भन्ने प्रतिकात्मक ब्ल्याक बुद्ध, संबिधान जारी गर्दै गर्दा मधेशमा गोली चलेको र मधेशीको मृत्यु भएको भन्दै कफनमा बेरिएको लास तथा मधेश आन्दोलनमा गोली लागी घाईते भएको जस्ता देखिने कला मार्फत सांकेतिक बिरोध गरेका थिए ।
Advertisement
Loading...
Share this article :

Post a Comment

 
Powered by Blogger.
TOP
Copyright © 2014. USA NEPAL - All Rights Reserved
Template Created by ThemeXpose