Loading...
बेसीशहर, असोज ३ - मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जेल चलान भएकी एक महिलाले २० हजार धरौटी रकम तिर्न नसक्दा छ वर्षीय छोरा सहित जेलमा बस्न बाध्य भएकी छन् ।
६ बर्षीय छोरा सुजन मिजार सहित नवलपरासी कावासोती घर र लमजुङको बिचौर माइत बताउने ३५ बर्षीय सुकमाया मिजार जेलमै बस्न बाध्य बनेकी हुन् । २०७३ भदौ ८ गते लमजुङ जिल्ला अदालतले उनीमाथि लागेको मानब बेचबिखन तथा ओसारपसार मुद्दामा २० हजार रुपैयाँ धरौटी तिर्न आदेश दिएको थियो । उक्त रकम जुटाउन नसकेपछि उनी छोरासहित जेल परेकी हुन् ।
उनले भनिन, घरमा पनि आउने बाटो केहि छैन, त्यति ठुलो रकम कसरी जुटाउने, आफुले कुनै अपराध नगरेको तर कानुनलाई मान्न तयार रहेको बताइन् । आमा जेलमा परेपछि जेलमा बस्दै आएका उनका छोरा सुजनको पठनपाठन प्रभावित भएको छ ।
छोराको बारेमा चिन्ता छ, उनले भनिन, पढ्ने बेला छोरालाई आफुसँगै जेलमा राख्नुपर्दा निकै चिन्तित छु । बालबालिकालाई जेलमा राख्न नपाउने प्राबधान भएपनि उनको उद्धारका लागि बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायबाट भने खासै चासो भएको छैन् ।
महिला तथा बालबालिका कार्यालयका प्रमुख बिष्णुकुमारी लामिछानेले भने आफुहरू बच्चाको निरन्तर फलोअपमा रहेको दाबी गरिन् । हामी निरन्तर फलोअपमा छौं, प्रमुख लामिछानेले भनिन, मुद्धाको समय नतोकिएकाले हामी चुप लागेर बसेका हौं । बालकको उद्धारका लागि लमजुङ अदालतको फैसला कुरेर बसेको उनले बताईन् ।

Post a Comment