Latest Movie :
Loading...
Home » » सम्बन्ध बलियो बनाउने मन छ ? पार्टनरलाई फेसबुकमा अनफ्रेण्ड गर्नुस्

सम्बन्ध बलियो बनाउने मन छ ? पार्टनरलाई फेसबुकमा अनफ्रेण्ड गर्नुस्

Rate it :
Advertisement
Loading...
एजेन्सी / यदि तपाइँलाई आफ्नो प्रेमिका वा पत्निसँगको सम्बन्धलाई दह्रिलो तथा दीर्घकालीन तथा आत्मीय बनाउन चाहनुहुन्छ भने फेसबुकबाट उनीलाई अनफ्रेण्ड गरिहाल्नुहोस् । महिला मित्रहरुले पनि आफ्नो ब्वायफ्रेण्ड वा श्रीमानलाई फेसबुकको साथीको लिष्टबाट हटाइहाल्नुहोस् । किनकी आपसी सम्बन्धलाई बलियो बनाउनका लागि दम्पतीहरुले एक अर्कालाई फेसबुकबाट हटाउनुपर्ने सुझाव मनोविज्ञहरुले दिएका छन् ।

अमेरिकाको न्युयोर्कका दाम्पत्य सम्बन्धका परामर्शदाता इयान कर्नरले आफ्नो अनुभव तथा प्रयोगका आधारमा यस्तो निष्कर्ष निकालेका हुन् । आफुले परीक्षणका क्रममै छोटो समयका लागि फेसबुक अकाउण्ट खोलेर श्रीमतीलाई फेसबुके साथी बनाउँदा त्यसले आफ्नो वैवाहिक जिवनमा नकारात्मक असर पारेको अनुभव उनको छ ।उनी भन्छन् : मैले आफ्नै श्रीमतीसँग यो अनुभव गरेँ की वास्तवमा उनी फेसबुकमा मेरो साथी बनुन् भन्ने चाहना म मा पलाएन ।

मलाईअरु धेरै अतिरिक्त जानकारीहरु जान्न पाए हुन्थ्यो भन्ने चाहना भएन । मैले कम जानकारी चाहैँ अझ भनौँ बढि आश्चर्य र अनिश्चितता मन पर्दो रहेछ ।श्रीमतीले आफुलाई थकाइ लागेको, दिनमा तेश्रोपटक कफी पिइरहेको भन्ने कुरा फेसबुकमा पोष्ट गरेको देख्नु नपरोस् भन्ने चाहना आफुमा पलाउने गरेको अनुभव उनको छ । यस्तै चाहना र अनुभवपछि फेसबुकको छोटो कार्यकालमा पनि उनले श्रीमतीलाई अन्ततः अनफ्रेण्ड गरे । त्यसैले दाम्पत्य सम्बन्धमा मिठास ल्याउने हो र दिक्कलाग्दो बन्नबाट जोगाउने हो भने दम्पतिहरुले एक अर्कालाई फेसबुकबाट हटाउनुपर्ने सल्लाह उनको छ ।


स्मरण रहोस् विश्वमा झण्डै डेढ अर्व मानिसले फेसबुक चलाउँछन् । परामर्शदाता कर्नरका अनुसार दाम्पत्य जिवनमा एक अर्काको विषयमा केही आश्चर्य, अनिश्चितता तथा अनभिज्ञता हुनु राम्रो हुने र यसले सम्बन्धलाई दहि्रलो, विश्वासी तथा मिठासपूर्ण बनाउने गर्छ । तर जब एकलाई अर्काको सबै, अझ भनौँ अनावश्यक कुरा र पट्यारलाग्दा मनोभावना समेत फेसबुकबाट जानकारी हुन्छ तब सम्बन्ध नै दिक्कलाग्दो बन्दछ ।
Advertisement
Loading...
Share this article :

Post a Comment

 
Powered by Blogger.
TOP
Copyright © 2014. USA NEPAL - All Rights Reserved
Template Created by ThemeXpose