

Loading...

एजेन्सी
। पछिल्लो समय यौनजीवनका बारेमा थुप्रै अध्ययन र अनुसन्धान भएका छन् ।
भर्खरै मात्र एउटा अनुसन्धान भएको छ, जो सबै मानवका लागि महत्वपूर्ण छ ।
विट्रिस सोधकर्ताले गरेको अध्ययनमा एकै व्यक्तिले धेरै मानिससँग यौन
सम्पर्क गर्दा हुने फाइदा र बेफाइदा तथा फरकबारे प्रतिवेदन तयार पारेको छ ।
उक्त प्रतिवेदनमा धेरै व्यक्तिसँग शारीरिक सम्पर्क राख्दा विभिन्न रोग
लाग्ने कुरा र त्यसबाट बच्ने उपायबारेमा जानकारी दिएको छ । उसो त सुरक्षित
तरिकाबाट जतिसँग शारीरिक सम्पर्क राखेपनि कुनै फरक नपर्ने प्रतिवेदनमा
उल्लेख छ । भगक्षेत्र : पुरुषको तुलनामा महिलाको यौनअङ्ग बाहिरबाट हेर्दा
त्यति स्पष्ट देखिँदैन । झट्ट हेर्दा छालाको दुई पत्र एक–अर्कामा टाँसिएको
जस्तो मात्र देखिन्छ । यसैलाई हामी समग्रमा भग भन्छौं । यही भगको माथिपट्टि
बोसोयुक्त तन्तुले बनेको केही उठेको भागलाई (mons pubis) भनिन्छ । भग
क्षेत्रमा भएका छालाको पत्रलाई फर्कायौं भने भित्रतिर ठूलो र सानो भगोष्ठ,
भगाङ्कुर तथा योनिद्वार जस्ता विभिन्न अङ्ग देख्न सकिन्छ । भगोष्ठ : यो
भगक्षेत्रको सबैभन्दा बाहिरी भाग हो । यसको दायाँ र बायाँतर्फ बोसोयुक्त
तन्तुले बनेका दुई पत्र हुन्छन् । हामीले यी ठूला भगोष्ठलाई बाहिर फर्कायौं
भने दुवैतिर एक–एक साना भगोष्ठ देख्न सक्छौं । यही साना भगोष्ठले भित्री
भगक्षेत्रलाई छोपेर राखेको हुन्छ । यी ठूला तथा साना भगोष्ठको छेउ माथि र
तलतिर एक–अर्कासँग जोडिएको हुन्छ । यी भगोष्ठको आकृति र नाप व्यक्तिअनुसार
फरक हुन्छ । भंगाकुर : यो महिला शरीरमा भएको महत्वपूर्ण यौनअङ्ग हो । यो
भगक्षेत्रको माथिल्लो भागतिर हुन्छ जहाँ भगोष्ठ दुवैतिरबाट एक-आपसमा
जोडिन्छन् । यसको काम भनेकै महिलालाई यौन सुख दिनु हो । भगाङ्कुरको
टुप्पोलाई अंग्रेजीमा नबिलक भनिन्छ । व्यक्तिअनुसार यसको आकार फरक भए पनि
सामान्यत: यो केराउको दानाजत्रो हुन्छ । यसको कजबात शरीरसँग जोडिएको हुन्छ ।
भगाङ्कुर लामो–छोटो हुनुमा कजबात को विशेष भूमिका हुन्छ । निकै सानो भए
पनि यो पुरुषको लिङ्गजस्तै उत्तेजित हुन्छ । योनि : भगक्षेत्रमा दुईवटा
द्वार हुन्छन् । त्यसमध्ये पिसाब आउने द्वारलाई मूत्रद्वार भनिन्छ भने
त्यसको ठीक तल रहेको अर्को द्वारलाई योनिद्वार भनिन्छ । योनिद्वार
भगक्षेत्रको बीचतिर हुन्छ । यो मांसपेशीले बनेको एकदमै लचिलो यस्तै ३–४
इन्च लामो मार्ग हो । सामान्य अवस्थामा यसका भित्ताहरू एक–अर्कासँग
टाँसिएको अवस्थामा हुन्छ, तैपनि योनिको लम्बाइ र चौडाइ व्यक्तिपिच्छे
फरक–फरक हुन्छ । योनिद्वारको गोलाइ पनि फरक–फरक हुन्छ । योनिद्वार नजिकै
एकदमै पातलो छालाको झिल्ली हुन्छ जसलाई योनिच्छद भनिन्छ । योनिको आकृतिको
विविधतालाई अनुसन्धानकर्ताहरूले समानान्तर, सोली, पान, चिप्लेकिरा तथा
फर्सीको बियाँजस्ता विभिन्न आकारको हुने कुरा बताएका छन् । यौन उत्तेजनाका
बेला योनिको भित्तावाट विशेष रस निस्कन्छ, जसले योनिलाई चिप्लो बनाई
यौनसम्पर्क गर्दा लिङ्गलाई भित्र–बाहिर गर्न सजिलो बनाउँछ । लचिलो हुने
भएकाले यसको आकृति यौनसम्पर्कका बेला आवश्यकताअनुसार ठूलो वा सानो हुन्छ ।
योनिच्छद : योनिद्वारको ठीक भित्रपट्टि हुने गुजमुज्ज परेको पातलो छालाको
पत्र वा झिल्लीलाई योनिच्छद भनिन्छ । यौनसम्पर्कका बेला झिल्लीको आफ्नै
कुनै निश्चित भूमिका हुँदैन, तर यसले महिनावारी हुँदा निस्कने रगतका लागि
बाटो बनाइदिन्छ । धेरैजसो महिलामा यो झिल्ली योनिद्वारको भित्तावाट अलिकति
मात्र बाहिर निस्किएको हुन्छ, अर्थात् यसले योनिद्वारलाई पूरै ढाकेको
हुँदैन । यस्तै १० हजार महिलामध्ये एक जना यो झिल्ली नभएकै अवस्थामा
जन्मन्छन् । योनिच्छदको आकार, बनावट तथा मोटाई व्यक्तिअनुसार फरक–फरक हुन्छ
। योनिद्वारको वरिपरी घेरा हालेजस्तो भए त्यसलाई (annular) योनिच्छद
भनिन्छ भने झिल्लीको विचमा पट्टीजस्तो भए त्यसलाई septate योनिच्छद भनिन्छ ।
कुनै योनिच्छद चाल्नीजस्तै प्वालैप्वाल परेका पनि हुन्छन् जसलाई
(cribriform) योनिच्छद भनिन्छ । शिशु जन्माइसकेका महिलाहरूमा भने यसको केही
अंशमा घेरा भएको पाइन्छ, जसलाई उबचयगक योनिच्छद भनिन्छ ।
विरलै स्थितिमा योनिच्छदमा प्वाल नै नहुन सक्छ, यस्तो स्थितिमा सजिलै
उपचार गर्न सकिन्छ । स्तन : व्यक्तिअनुसार स्तनको आकार तथा नापमा धेरै
भिन्नता पाइन्छ । कुनै साना हुन्छन् भने कुनै ठूला, त्यसैगरी स्तनको आकृति
पनि कुनै गोलाकार, कुनै अलि चुच्चो परेको हुन्छ भने कुनै झोल्लिएको सम्म
हुन्छ । गर्भावस्था र स्तनपान गराइरहेको अवस्थामा स्तन केही ठूलो हुन्छ ।
स्तनको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ । स्तनको
आकृति तथा नाप अनुसार थुनचोली बन्ने गरेका छन् । स्तन तथा थुन चोलीका
आकारलाई आधार मान्ने हो भने (A, B, C, D वा DD) (Double D वा E) आकारका
(cup size) भएका भनेर वर्गीकरण गरिएको पाइन्छ । अन्तमा, तपाईंले धेरै
जनासँग वा एकै व्यक्तिसँग धेरै यौनसम्पर्क राखेको कुरा योनिच्छद, योनि वा
स्तनबाट पत्ता लाग्छ भन्ने कुरा सोच्नुभएको हो भने त्यो पूर्णत: गलत हो ।
सुरक्षित तरिकाबाट शारीरिक सम्पर्क राख्दा कुनै पनि रोग लाग्दैन् । तर,
सावधानी नअपनाइए भयानक यौनरोग र निको नहुने एचआईभी, एड्स समेत लाग्न सक्ने
बताइएको छ । त्यसबाट बच्न परिवार नियोजनका साधनहरु प्रयोग गर्ने,
पार्टनरसँग पूर्ण विश्वासमा सम्पर्क राख्नुपर्ने कुरा प्रतिवेदनमा उल्लेख छ
।


Loading...

Post a Comment