Latest Movie :
Loading...
Home » , » साझाको सुविधासम्पन्न बस काठमाण्डौँ भित्रियो, अपाङ्गमैत्री देखि मोबाईल चार्ज समेत गर्न मिल्ने

साझाको सुविधासम्पन्न बस काठमाण्डौँ भित्रियो, अपाङ्गमैत्री देखि मोबाईल चार्ज समेत गर्न मिल्ने

Rate it :
Advertisement
Loading...
साझा यातायातले किनेका नयाँ ३० वटा सुविधा सम्पन्न बस आइतबारदेखि काठमाडौं भित्रन थालेका छन् ।

काठमाडौं महानगरपालिकाले साझा यातायतको सेयर किने बापत प्राप्त १० करोड रकममध्येबाट ३० वटा बस किनिएको साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताएका छन् ।

करिब ३ साता भारतको रक्सौलमा थन्किएका बस आइतबारदेखि राजधानी भित्रिन थालेका हुन् भने सोमबार दिउँसोसम्म साझाका २१ वटा बस काठमाडौं भित्रिसक्ने भएका छन् ।

काठमाण्डौँ भित्रिसकेपनि साझाका नयाँ बस सञलन भने दसैंपछि मात्र हुने बताईएको छ ।

अहिले कर्मचारी छनोट गर्ने काम भइरहेको र रोड परमिट लिने काम र बिमा पनि बाँकि रहेकोले तत्काल सञ्चालन गर्न नसकिने भएको हो ।


नयाँ बस अहिले चलिरहेको बसभन्दा केही फरक र सुविधा सम्पन्न छन्। अहिले किनेको साझा बस अपाङ्गमैत्री छ । पछाडिको ढोका ठूलो छ। ह्वीलचेयर प्रयोग गर्ने यात्रुलाई सहज बनाउन ढोका ठूलो बनाइएको र उनीहरुलाई बस्नका लागि २ वटा सिल्ट बेस बसमा जडान गरिएको छ।


त्यस्तै पहिलाको बसमा ५४ सिट रहेको थियो भने अहिले ४० सिट क्षमताको छ। पहिलाको बसमा २५ वटा ह्यांगर थिए भने अहिलेकोमा ४० वटा छ। पहिलाको साझा बसमा हावा पास गर्न भेन्टिलेसन थिएन। अहिलेको बसमा ४ वटा भेन्टिलेसन छ।


प्लाष्टिक मोडलेट सिट बसमा जडान गरिएको छ। ५ स्थानमा यात्रुहरूलाई मोबाइल चार्ज गर्न सहज होस भनेर प्लकको व्यवस्था समेत गरिएको छ।
Advertisement
Loading...
Share this article :

Post a Comment

 
Powered by Blogger.

Recent Posts

TOP
Copyright © 2014. USA NEPAL - All Rights Reserved
Template Created by ThemeXpose