Latest Movie :
Loading...
Home » » सेती अञ्चल अस्पतालको विजोग : ३० जना डाक्टर अहेवले गर्छन् बिरामीको उपचार

सेती अञ्चल अस्पतालको विजोग : ३० जना डाक्टर अहेवले गर्छन् बिरामीको उपचार

Rate it :
Advertisement
Loading...
कैलाली, ६ असोज - धनगढीमा रहेको सेती अञ्चल अस्पतालमा ३० जना डाक्टर कार्यरत रहेपनि बिरामीको चेकजाँच भने अहेवबाट हुने गरेको छ । सेती अञ्चल अस्पतालमा विशेषज्ञ सेवा रहेको भन्दै कैलाली जिल्ला मात्र होइन, सुदूरपश्चिमका अन्य ८ जिल्लाबाट पनि विरामी आउछन । तर, सेती अञ्चल अस्पतालमा भने डाक्टर होइन, अहेवबाट विरामीको चेकजाँच हुन्छ।


सेती अस्पतालमा अहिले ४ जना डाक्टर स्वास्थ्य मन्त्रालयबाट करारमा नियुक्त छन् भने ८ जना सरकारको छात्रवृतिबाट कार्यरत रहेका छन् । त्यस्तै ६ जना डाक्टर अस्पताल विकास समितिबाट नियुक्त र १२ जना नेपाल सरकारको दरबन्दी अन्र्तगत कार्यरत छन् । तर, पनि ओपीडी सेवामा बिरामीको चेकजाँच भने अहेबबाट हुने गरेको विरामीले बताएका छन् । इमरजेन्सी सेवामा पनि डाक्टर अर्लट रहदैनन्, खोज्न जानुपर्छ।


प्रत्येक दिन ९ बजेदेखि ११ बजेसम्म राउण्डिङ गर्ने अस्पतालको नियम भए पनि डाक्टर भने बिहान १० बजे आएर १२ बजेसम्म राउण्डिङ गर्ने गरेको अस्पतालमा कार्यरत कर्मचारीले बताएका छन् ।  अस्पतालको नियमनुसार १ घण्टा खाना खाने समय हो तर, कार्यरत डाक्टरहरू भने १२ बजेदेखि खाना खाने समय भनेर २ बजे मात्रै आउने गरेका छन् । ‘राउण्डिङ गर्ने डाक्टरले ओपीडीमा बस्नुपर्ने अस्पतालको नियम छ,’ ती कर्मचारीले भने, ‘राउण्डिङ गर्ने डाक्टरहरू कहिल्यै पनि ओपीडी सेवामा बस्दैनन्।


नियम अनुसार १० बजेदेखि ५ बजेसम्म अस्पतालमा डाक्टरले बस्नुपर्ने हो, उनले भने, सेती अञ्चलमा कार्यरत डाक्टर २ देखि ३ घण्टा मात्रै डिउटी गर्छन् । ओपीडी सेवामा बस्ने डाक्टरहरूले पनि आफू बस्ने गरेको भएपनि अहेबलाई नै चेकजाँच दिने गरेको विरामीहरूका कुरुवाहरूले बताएका छन् । सेती अञ्चल अस्पतालमा ३० जना डाक्टर कार्यरत अहिलेसम्मकै बढी हो।


अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। सूर्य गुरुङले पहिले यस अस्पतालमा डाक्टरको अभाव रहेको र त्यसबेला अहेबहरुले नै चेकजाँच गर्ने गरेकाले अहिले पनि उनीहरूले नै चेकजाँच गर्ने गरेको स्वीकार गरे । डाक्टर अभाव भएका बेला अहेबले नै चेकजाँच गर्नुपर्ने अवस्था थियो, अहिले डाक्टरको संख्या बढेपनि अहेबलाई एक्कासी डिउटी परिवर्तन गराउन समस्या भएको छ, उनले भने, सामान्य केश अहेबले हेर्ने गरेपनि जटिल केश डाक्टरले नै हेर्ने गरेका छन् ।
Advertisement
Loading...
Share this article :

Post a Comment

 
Powered by Blogger.

Recent Posts

TOP
Copyright © 2014. USA NEPAL - All Rights Reserved
Template Created by ThemeXpose