Latest Movie :
Loading...
Home » » १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

१८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

Rate it :
Advertisement
Loading...

काठमाडौं, २९ असोज - १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत प्रस्थान गरेका छन्। गोवामा सुरु हुने सम्मेलनमा भाग उनी आज बिहान भारत प्रस्थान गरेका हुन्। सम्मेलनले दुई समूहबीच साझेदारीका क्षेत्र पहिल्याउन महत्वपूर्ण अवसर प्रदान गर्ने आशा गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री दाहालले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्ररसरकार प्रमुखको बैठक एवम् ब्रिक्स विमस्टेक आउटरिच सम्मेलनलाई सम्बोधन गर्ने छन्। प्रधानमन्त्री दाहाल सम्मेलनअघि आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालका खाडीका प्रयास (बिमस्टेक) सदस्य राष्ट्र तथा सरकार प्रमुखको रिट्रिट बैठकमा समेत सहभागीहुने कार्यक्रम रहेको छ। सार्क क्षेत्रका बिमस्टेक सदस्य राष्ट्रलाई ब्रिक्स सम्मेलनमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराइएको हो। सम्मेलनका क्रममा गोवामा रहँदा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सि जिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी द्विपक्षीय वार्ता गर्ने छन्। परराष्ट्र मन्त्रालयका अनुसार चीनका राष्ट्रपति सिसँग शनिबार बेलुका र भारतीय समकक्षीसँग आइतबार भेटवार्ता हुने कार्यक्रम सहित तय गरिएको छ। प्रधानमन्त्री दाहाल आगामी कात्तिक १ गते स्वदेश फर्कने छन्।
Advertisement
Loading...
Share this article :

Post a Comment

 
Powered by Blogger.
TOP
Copyright © 2014. USA NEPAL - All Rights Reserved
Template Created by ThemeXpose