Advertisement
काठमाडौ, १७ असोज । मधेसी मोर्चाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।
संविधान संशोधनको म्याद एकपछि अर्को गर्दै सारिएको भन्दै मधेसी मोर्चाका नेताहरु प्रचण्ड सरकारप्रति असन्तुष्ट बनेका हुन् ।
’पहिला संविधान संशोधनको प्रस्ताव भदौ मसान्तभित्र संसदमा लगिने भनियो त्यो पनि भएन पछि भारत भ्रमणमा जानुअघि लागिने भनियो त्यो पनि भएन ।
दशैंअघि लगिने भनियो त्यो पनि भएन । अब हुँदा हुँदै छठपछि प्रस्ताव लगिने कुरा आइरहेको छ । यो त हद भयो । तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले अब छठपछि प्रस्तावका लागि पर्खिन सकिँदैन ।’
Advertisement
Post a Comment