Loading...

काठमाडौँः प्रहरीको मुख्य खोजीको सूचीमा रहेका टीकापुर काण्डका प्रमुख आरोपित रेशम चौधरीलाई भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटेको सार्वजनिक भएको छ ।
टीकापुर घटनामा एक बालकसहित ८ प्रहरी अधिकारीको हत्या भएपछि फरार रहेका चौधरी नेपाल प्रहरीको ‘मस्ट वान्टेट’ सूचीमा छन् ।
प्रधानमन्त्री प्रचण्डले भने भारतको राजकीय भ्रमणका क्रममा होटल ताजमा चौधरीसँग उच्च सुरक्षा घेराकै बीच भेटवार्ता गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
कैलालीको टीकापुर काण्डमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको ज्यान गएको थियो ।
गत वर्ष टीकापुरको चिलम चौराहामा दुईबर्से बालक र आठ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनामा मुछिएका ‘कर्तव्य ज्यान’ मुद्दाका मुख्य अभियुक्त रेशम चौधरीलाई प्रधानमन्त्री दाहालले शुक्रबार साँझ ताजमहल होटेलमा भेटेका हुन् । भारत र नेपालका लब्धप्रतिष्ठित व्यापारीलाई सम्बोधनका लागि ताजमहल होटेलमा आयोजना गरिएको कार्यक्रममा दाहालले मञ्चमै चौधरीलाई भेटेका थिए ।
नेपालमा लगानीका विषयमा विश्वासको वातावरण निर्माण गर्न उक्त कार्यक्रम आयोजना गरिएको थियो । चौधरीले मञ्चमै पुगेर प्रधानमन्त्री दाहालसँग केही समय कानेखुसी गरेका थिए । चौधरी कार्यक्रम अवधिभर प्रधानमन्त्री उपस्थित ताजको हलमै थिए । त्यस दिन साँझ सात बजे प्रधानमन्त्री र चौधरीबीच केही समय मञ्चमै कुराकानी भएको थियो ।
गत वर्ष भदौ ७ गते भएको कैलाली नरसंहारको घटनापछि चौधरी भारतमै लुकेर बसेका छन् । प्रहरीले अभियोगपत्रमा चौधरीलाई घटनाको मुख्य योजनाकार रहेको दाबी गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय कैलालीले उनीविरुद्ध सर्वस्वसहित जन्मकैद माग गर्दै अदालतमा मुद्दा चलाएको छ । घाइतेका तर्फबाट चौधरीलगायत व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योग र मारिएका प्रहरीको एसएलआर तथा पेस्तोल कब्जामा लिएको भन्दै ‘डाँका चोरी’ मुद्दा पनि दर्ता गरिएको छ ।
भ्रमण दलमा संलग्न स्रोतका अनुसार त्यहाँ चौधरीले कैलाली घटनाका विषयमा आफूविरुद्ध अदालतमा कर्तव्य ज्यान मुद्दा रहेकाले नेपालमा जान समस्या रहेको भन्दै मन्त्रिपरिषद्बाट मुद्दा फिर्ता लिइदिन आग्रह गरेका थिए । ‘कैलाली घटना राजनीतिक रहेको चौधरीको भनाइ थियो ।
त्यसमा आफू संलग्न नरहेकाले क्याबिनेटले फिर्ता लिनुपर्यो भनेर प्रधानमन्त्रीसँग कुरा राखिएको थियो’, उच्च स्रोतले अन्नपूर्णसँग भन्यो, ‘प्रधानमन्त्रीले आफू सकारात्मक रहेको भन्दै नेपाल फर्केर सकारात्मक रूपले मन्त्रिपरिषद्मा छलफल गर्ने आश्वासन दिनुभयो । अरू के कुरा भयो थाहा भएन । उहाँलाई भेटबारे पूर्वजानकारी नरहेको हुनसक्छ ।’ प्रधानमन्त्री दाहालले चौधरीका कुरा ध्यानपूर्वक सुनेका थिए । उनले चौधरीको अवस्थाबारे सोधेका थिए ।
कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैलाली जिल्ला अदालतले चौधरीलाई पक्राउका लागि वारेन्ट जारी गरेको छ । अदालतको आदेशअनुसार उनी सर्वाधिक खोजीको सूचीमा छन् । यद्यपि उनले टीकापुर घटनामा आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् । सरकारका महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले यो विषय आफ्नो जानकारीमा नरहेकाले भेट्न हुने वा नहुने विषयमा केही नबोल्ने बताए ।
फौजदारी अपराधका विज्ञ पूर्वमहान्यायाधिवक्ता प्राध्यापक डा. युवराज संग्रौलाले औपचारिक भ्रमणमा विदेशमा गएका बेला त्यस देशको एजेन्डाबाहेक अरू विषयमा कुराकानी गर्न नपाइने बताए । osnepal

Post a Comment